२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

माओवादी त्यागेर एमाले बनेका नेता न्यौपानेले भनेः प्रचण्ड, माधवको नेता देउवा !



मायादेवी अनलाइन, बुद्धभूमि ।
नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमालेमा प्रवेश गरेर नेकपा (एमाले) केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज बन्नुभएका गिरीधारीलाल न्यौपानेले प्रचण्ड र माधव नेपालको नेता देउवा भएको टिप्पणी गर्नुभएको छ ।

(एमाले) जिल्ला अधिवेशन आयोजक कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै न्यौपानेले सरकार ढालेर उहाँहरु कांग्रेसको पुच्छर बनेर सरकारमा गएको टिप्पणी गर्नुभयो ।

बैठकमा सम्वोधन गर्दै उहाँले भन्नु भयो,‘ साथीहरुले भन्नु हुन्छ प्रतिगमनका बिरुद्ध लडाई गरेर जित्यौ । त्यसो होइन कान्तिकारीको विरुद्ध लडेर प्रतिगमनको बाटो समाएका हुन् ।’

पार्टी फुटाउन भारत लगायत विदेशी शक्तिको योजना रहेको समेत उहाँले दाबी गर्नुभयो । एनजिओको माध्यमबाट तारे होटेलमा नेता डलरको तलव खाएर पार्टी फुटाएको उहाँले आरोप लगाउनु भयो ।

पार्टी फुटाउन द्धन्द्ध बढाउनका लागि विदेशी शक्तीले एक व्यक्ति एक पद भन्दै आवाज उठाएर सुरु भएको दावी गर्नु भयो । बिस्तारै थप बिवाद गराउन बामदेवलाई संविधान संशोधन गरी प्रधानमन्त्री बनाउन लविङ गरेको बताउनु भयो ।

प्रचण्ड प्रति इंकित गर्दै उहाँले प्रचण्ड जता गए त्यही पार्टी फुटालेर छाड्ने आरोप लगाउनु भयो । उहाँले सुरुमा बाबुराम त्यसपछि बैद्य, विप्लव लखेटेको बताउँदै उहाँको काम पार्टी बनाउने भन्दा पनी विगार्ने रहेको उल्लेख गर्नु भयो ।

कांग्रेस उचालेर एमाले लखेटने फेरी एमाले उचालेर लखेटने खेलमा सधै लागेको आरोप रहेको थियो । बैठकलाई सम्वोदन गर्दै उहाँले कार्यकर्तालाई निर्वाचनको तयारी गर्न समेत अनुरोध गर्नु भएको थियो ।

सभालाई सम्बोदन गर्दै एमाले लुम्बिनी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य लिला गिरीले माधव नेपालले कुर्चीको लागि पार्टी फोडेको आरोप लगाउनु भयो । उहाँले भन्नु भयो, ‘ओली कमरेडको पनी व्यक्तीगत रुपमा कमी कमजोरी होलान तर राष्ट्रको लागि काम गर्दा कुनै कमजोरी भएको छैन । नेपालमा कम्युनिष्ट बलियो भएको कारण भारत, युरोपेली युनियन र सम्राज्यवादी मुलुकले फुटाउन खोजेको छ । उनीहरुले मानिस परिचालन गरी माधव नेपाललाई उचालेका छन् ।

नेता गिरीले महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हट भन्न नमिल्ने टिप्पणी गर्नु भयो । महाधिबेशन गरौ भन्दा भाग्ने चोर बाटोबाट अध्यक्ष माग्ने धारण गलत गरेको दावी गर्नु भयो ।

प्रकाशित मिति : ५ भदौ २०७८ शनिबार ००:००  ८ : ३७ बजे