२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बर्दिया र कैलालीका दुई संक्रमितको नेपालगञ्जमा मृत्यु



नेपालगञ्ज ।

भेरी अस्पताल, नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक बर्दिया र कैलाली जिल्लाका रहेका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कैलालीका ५२ वर्षीया महिला र बर्दियाका ७० वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । कैलाली भजनी नगरपालिका वडा नं ६ का ५२ वर्षीया महिलाको भदौ ७ गते पीसीआर गरिएको थियो । उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो । राती ८ बजे उनको मृत्यु भएको छ ।

बर्दिया मधुवन नगरपालिका वडा नं. ४ का ७० वर्षीया महिलाको राती १.३० बजे मृत्यु भएको छ । भदौ २ गते बर्दियामा पीसीआर गरिएका उनलाई ४ गते भेरीमा भर्ना गरिएको थियो । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ३ सय ९५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७८ मंगलबार ००:००  १२ : २० बजे