१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले बुधबार १५ हजार २९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको जानकारी दिएका हुन्। पछिल्लो २४ घण्टामा ९ हजार ७११ जनाको पिसिआर र ५ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै, १ हजार ७१९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यसको संक्रमणबाट थप ४४ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ। यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७४५ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ जना संक्रमित थपिएका हुन्।

प्रकाशित मिति : ९ भदौ २०७८ बुधबार ००:००  ४ : ४२ बजे