१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

नवलपरासीः पहिरोमा हराइरहेका तीन जनाको खोजी हुँदै



नवलपरासी ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा बेपत्ता तीन जनाको आज बिहानैदेखि खोजी थालिएको छ । बेपत्ता भएका तीन जनाको हिजोदेखि नै सुरक्षाकर्मीको टोलीले खोजी थालेको थियो । हुप्सेकोट गाउँपालिका–४ का हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी र देउमाया पुलामीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रकाश मल्लले शुक्रवार दिनभरि सुरक्षाकर्मी र स्थानीयले खोजी गरे पनि पहिरोमा पुरिएर बेपत्ता भएकाहरु फेला नपरेको बताउनुभयो । खोजी कार्यका लागि अहिले सात जना सुरक्षाकर्मीको टोली घटनास्थलमा रहेको प्रमुख मल्लले बताउनुभयो ।

पहिरोमा परि बेपत्ताको खोजीका लागि थप प्रहरी परिचालन गर्न लागिएको उहाँले बताउनुभयो । आज दिउँसो थप ५० जना सुरक्षाकर्मीको टोली पहिरोमा पुरिएकाको खोजीका लागि पठाउने तयारी गरिएको मल्लले बताउनुभयो। बिहीवार राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर हुप्सेकोट गाउँपालिका ४ माथिल्लो चार घरेका एकै परिवारका तीन जना बेपत्ता भएका थिए । हस्तबहादुरको भने स्थानीयले उद्धार गरेका थिए ।

प्रकाशित मिति : १२ भदौ २०७८ शनिबार ००:००  १२ : ४७ बजे