२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

बाणगंगामा बाबुद्धारा आफ्नै छोरीमाथि बलात्कार, छोरीले नै प्रहरीलाई भनिन्



मायादेवी अनलाइन ,चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा आफ्नै बाबुद्धारा छोरी बलत्कृत भएकी छिन् । नगरपालिकाको वडा नम्बर ९ मा ब्यवसाय गर्दै आएका एक जना ब्यवसायीले आफ्नै १९ बर्षिय छोरीमाथि बलात्कार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटना अहिले अनुसन्धानमा छ । आफ्नै बाबुबाट बलात्कार हुनु परेको कुरा छोरीले प्रहरीसमक्ष बताएपछि तुरुन्त ती ब्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक एसपी दान बहादुर कार्कीले मायादेवी अनलाइनलाई बताउनु भयो ।

यस विषयमा थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । भलवाडमा ब्यवसाय गर्दै आएका ती आरोपित अन्दाजी ४८ देखि ५० बर्षका रहेको बताइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८ आइतबार ००:००  ७ : ५५ बजे