१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

ओलीको आक्रोशः ‘आफ्नैले धोकेबाज काम गरेर प्रतिपक्षमा पुर्‍याए’



काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कूबाटोबाट बनेको आरोप लगाएका छन् । आइतबार २४ औँ तुलसीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीका ‘बिग्रिएका केही मान्छेहरूले धोका दिएको’ उल्लेख वर्तमान सरकार कूबाटोबाट बनेको जिकिर गरे ।

“प्रतिगमनबाट बचाउने भन्दै प्रतिगन गर्ने, पार्टीलाई सत्ताबाट हटाएर, प्रतिपक्षमा पुर्‍याएर पार्टीको ‘नेता हुँ’ भन्दै सत्तापक्ष गठबन्धनमा गएको यो भन्दा बेसरम के हुन्छ ? कूबाटोबाट सरकार बन्यो । दक्षिणपन्थी सरकारलाई हाम्रो पार्टीका बिग्रिएका केही मान्छेहरूले सहयोग पुर्‍याउने निर्लज्ज, धोकेबाज काम गर्नुभयो,” ओलीले भने ।

प्रकाशित मिति : १७ श्रावण २०७८ आइतबार ००:००  ५ : ५५ बजे