१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

स्थानीय तह पछि जिल्ला समन्वय समिति वेकामे, कपिलवस्तुको कार्यालय कवाड खाना बन्दै



मायादेवी अनलाइन, चारनम्बर ।
साविकका जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रुपान्तरण भएसँगै कपिलवस्तु लगायत देशभरका अधिकांश कार्यालय बेकामे भएका छन् । मुलुक संघीय संरचना गइकेपछि स्थानीय तहबाट विकास निर्माण लगायतका अधिकाँश काम हुन थालेपछि समन्वय समिति बेकामे भएका हुन् ।

कार्यालय पुग्दा जतिखेर पनि सुनसान नै देखिन्छ । काम नै नभए पछि समितिका कार्यालय पनि जिर्ण बनेका छन् । बेकामे समितिले आफ्नो कार्यालयको संरक्षण, बिग्रिएका भौतिक संरचनाको मर्मत सम्भारमा ध्यान नदिँदा करोडौ मुल्य बराबरको नोक्सानी पनि हुन थालेको छ ।

समयमै कार्यालयको मर्मत सम्भार र संरक्षण नभएमा सो कार्यालय कवाड खाना बन्ने निश्चित छ । तौलिहवास्थित कार्यालय परिसरमा मँहगा गाडी, डोजर, एक्साभेटर लगायतका भौतिक संरचना पनि कवाड बन्दै गएका छन् भने सरसफाइ लगायतका काम नहुँदा कार्यालय नै कवाड खनाजस्तो देखिन थालेको छ । कार्यालयको वरिपरी फोहर, पान खाएर थुकेका थुक देखिन्छ भने परिसरमा दुवो उम्रिउर अशोभनीय देखिन्छ । विग्रेका सरसामानको मर्मत, कार्यालयको रंगरोगन लगायतमा कसैको ध्यान नदेखिँदा बेहाल छ ।

स्थानीय तह आइसकेको ४ बर्ष बढी भयो । यो बीचमा ती कार्यालयको संरक्षणमा न त समितिका सभापतिको ध्यान गएको छ न त समन्वय अधिकारीको नै । यस विषयमा कार्यालयमा बुझ्दा आवश्यक कर्मचारीको अभावमा भौतिक संरचना हुन नसकेको बताइन्छ । अझै पछिल्लो २ बर्षमा त कोरोनाको कारण देखाएर केही काम नै हुन सकेको देखिन्न । कार्यलयका नेतृत्वदेखि भएका कर्मचारीले चरम लापरबाही नै गरेका छन् ।

बढ्दो कोरोना महामारीको त्रासका कारण समेत जिल्ला समन्वय समितिका प्रमुख नारायण खनाल, उपप्रमुख तारावती चौधरी लगायतका कर्मचारी कार्यालयमै बस्दैनन् । गए पनि एकैछिन् बस्छन् । उसो त बेलाबखत कार्यालय पुगेर अनुगमन गरे पनि अरु काम गर्ने अधिकार छैन समिति सभापतिलाई ।

जसले गर्दा सरकारी करोडौ रुपैयाँ बराबरको भौतिक सँरचना बेकामे बन्न थालेको खनालले मायादेवीसंग बताउनु भयो । तर पनि आफ्नो ध्यान तिनको मर्मत सम्भारमा रहेको उहाँ बताउनु हुन्छ । कोरोनाको कारण पछिल्लो दुई बर्ष केही गर्न नसकिएको भन्दै स्थिति सहज हुनेवित्तिकै कार्यालयलाई थप चुस्तदुरुस्त बनाउने खनालले भयो । तर सरोकारवालाहरु समिति सभापति प्रमुख र समन्वय अधिकारीको लापरबाहीको कारण कार्यालयको यो हालत भएको बताउँछन् ।

प्रकाशित मिति : १७ श्रावण २०७८ आइतबार ००:००  ६ : ४१ बजे