६ असार २०८३, शनिबार | Sat Jun 20 2026

रामचन्द्र पौडेल समूहबाट कोको उठ्ने छन् सभापतिमा ? (नामावलीसहित)



काठमाण्डौँ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आकांक्षीहरूबाटै सभापतिको उम्मेदवार छान्ने तयारी गरेको छ।वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालामध्ये एक जना सभापति उम्मेदवार हुने गरी छलफललाई तीव्रता दिइएको छ।

वडा अधिवेशनअगाडि नै सकेसम्म सभापतिसहित प्यानल नै घोषणा गर्ने तयारीसाथ पौडेल पक्षले छलफल गरेको हो। मंगलबार बोहराटारमा पनि यस विषयमा कुराकानी भएको थियो।बुधबार दिउँसो फेरि पौडेल पक्षको बैठक यही विषयमा छलफल गर्न बस्दैछ। १४ औं महाधिवेशनका लागि आफ्नो पक्षबाट सकेसम्म एक जना मात्रै उम्मेदवार छान्ने पौडेलको तयारी छ।

प्रकाशित मिति : १६ भदौ २०७८ बुधबार ००:००  ८ : १६ बजे