१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

वाणगंगा नगरकार्यपालिकाको बैठक बस्यो, यस्ता छन् महत्वपूर्ण निर्णय



मायादेवी अनलाइन, जितपुर ।

बाणगंगा नगरपालिका नगरकार्यपालिको बैठकले विभिन्न महत्वपूर्ण निणर्य गरेको छ । बिहिबार सम्पन्न बैठकमा यहि भदौ १० गते अविरल बर्षा संगै आएको बाढीले पुर्याएको क्षतिको विवरण नगरपालिकालाई जानकारी गराउन सम्पूर्ण वडा अध्यक्षलाई निर्देशन दिएको छ ।

यसैगरी बैठकले जनप्रतिनिधिले प्राप्त गर्ने ५ दिन बराबरको सेवा सुविधा र राजपत्राकित श्रेणी तहका कर्मचारीको ५ दिनको, पारिश्रमिक शिक्षक, श्रेणी बिहिन कर्मचारीको २ दिन बराबरको पारिश्रमिक नगरपलिकाको विपद व्यवस्थापन कोषमा राख्ने निर्णय गरेको प्रवक्ता विष्णु पौडेलले जानकारी गराउनुभयो ।

साथै ५ बर्षे आवधिक विकास निर्माण तयारीका लागि यही भदौ २५ र २६ गते विषयविज्ञ नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीलाई सहजकर्ताको रुपमा बोलाउने निर्णय गरेको छ । त्यसका लागि नगरपालिकाले वडाहरुमा सोहि विषयमा छलफल समेत गर्ने छ । नदीजन्य पदार्थको चोरी निकासी रोक्नको लागि नाकाहरुमा कडाई गर्ने निर्णय गरेको वडा नम्बर २ का वडा अध्यक्ष समेत रहनुभएका पौडेलले बताउनुभयो । त्यसका लागि नगरपालिकाले टोल विकास समितिलाई जिम्मेवारी दिने र प्रहरीलाई पनि थप जिम्मेवारी निर्वाह गर्नका लागि आग्रह गर्ने भएको छ । बैठक मेयर मंगलप्रसाद थारुको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा उपप्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनाल, सम्पूर्ण वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विषयगतशाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७८ बिहिबार ००:००  ६ : ४४ बजे