सिद्धार्थ क्याम्पसमा भोलिबाट भौतिक उपस्थितीमा कक्षा संचालन


मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको सिद्धार्थ क्याम्पस बाणगंगामा भौतिक उपस्थितिमा कक्षा सचालन हुने भएका छन् । क्याम्पसले सोमबार एक सुचना जारी गर्दै यहि भदौ २९ गतेबाट भौतिक उपस्थितिमा कक्षा सचालन हुने जनाएको हो । क्याम्पस संचालन गर्ने सम्बन्धी सोमबार बैठक बसेको थियो । सोमबार बसेको बैठकले मंगलबारबाट भौतिक उपस्थितिमा कक्षा सचालन गर्ने निर्णय गरिएको क्याम्पस प्रमुख खेमराज शर्माले जनाकारी दिनुभयो । जिल्लामा पछिल्लो समय कोरोना संक्रमणको दर घटेको छ ।
कक्षाहरु बिहान ६ः३० बजेबाट नै संचालन हुने क्याम्पसले प्रशासनले जनाएको छ । क्याम्पसले अहिले अनलाईन माध्यमबाट कक्षा संचालन गरेको छ ।
जारी सुचना अनुसार विभिन्न संकाय र तहअनुसार फरकफरक दिन कक्षाहरु संचालन गरिने छ ।

No photo description available.
May be an image of text

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस