कपिलवस्तु ।
अखिल क्रान्तिकारीकी उपाध्यक्ष पञ्चा सिंहले एमालेलाई जनप्रिय बजेटले ऐंठन गराएको बताइन् । क्रान्तिकारीको कपिलवस्तुको २०औं जिल्ला सम्मेलनमा उनले एमालेले संसद् अवरोध गरेर असंवैधानिक काम गरेको जिकिर गरिन् ।
‘जनप्रिय प्रतिस्थापन विधेयकले एमालेलाई ऐंठन बनाएछ’, उपाध्यक्ष सिंहले भनिनन्,‘संसद्को दुईदुई पटक हत्या गर्ने एमालेलाई जनताको तागतमा पुनस्र्थापित भएको संसद्मा बसेर विरोध गर्ने नैतिक अधिकार छैन ।’
उनले माओवादीले सांसदको लोगोसहितको कोट लगाउने हैसियत बनाएदिएपछि एमालेले संसदमा असंवैधानिक र अराजनीतिक रुपमा कुस्ति खेल्न थालेको आरोप पनि लगाइन् । यस्तै उपाध्यक्ष सिंहले निःशुल्क शिक्षाको लागि राजनीतिक र कानुनी लडाइँसँगसँगै लड्ने उद्घोष गरिन् ।












प्रतिक्रिया