वाणगंगाको बोडगाउँमा ट्रकले ठक्कर दिँदा एकको ज्यान गयो, दुई घाइते


मायादेवी अनलाइन, चारनम्बर ।
मंगलबार विहान ट्रकको ठक्करबाट कपिलवस्तुमा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ८ बोडगाउँमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको ग १ त ५६०३ नम्बरको ट्रकले ठक्कर दिँदा वडा नम्बर ८ ढोडेकोल बस्ने १५ बर्षीय सुदिप थारुको ज्यान गएको प्रहरी निरिक्षक गुरुङले जानकारी दिनुभयो ।

ट्रकको ठक्करबाट सोही स्थानका कमल चौधरी र सुशील चौधरी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा अहिले उपचार भईरहेको छ ।

उनीहरुको अवस्था समान्य रहेको र ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय पिपराले जानाएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस