१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कांग्रेस कपिलवस्तुले असोज ७ मा वडा अधिवेशन गर्दै, तात्यो वडा वडामा चुनावी माहोल



कपिलवस्तु ।
कांग्रेसको चौधौ महाधिवेशन नजिकिदै गर्दा कपिलवस्तुमा पनि चुनावी सरगर्मी बढेको छ । गाँउ देखि शहरसम्म तथा चोक चोकमा रहेका चिया पसल देखि सरकारी कार्यालयसम्म कांग्रेसकै चुनावको चर्चा चल्ने गरेको छ ।

क्रियाशील सदस्यको विवाद टुंगिएसंगै कांग्रेसको केन्द्रीय कार्यालयले क्रियाशील सदस्यताको नामवली समेत पठाई सकेको छ ।

निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि घनश्याम पन्त शनिवार नै कपिलवस्तु आई पुगेका छन । उनले निर्वाचन तोकिएकै तालिका अनुसार गराउन कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यसहित कार्य समितिसंग भेटघाट गरी आवश्यक परामर्श गरेको बताए ।

असोज ७ गतेकालागि ९६ वडाका लागि तोकिएको वडा अधिबेशन गराउन नै आफ्नो अहिले ध्यान केन्द्रित रहेको उनले बताए । उनले निर्वाचनतका लागि शिक्षक संघका सदस्यहरुसंग आवश्यक छलफल गरी वडा अधिबेशन गराउन ९६ वटा शिक्षकको नामावली माग गरेको उनले बताए । ‘ लिस्ट पाए पछि वडा निर्वाचभन अधिकृतका रुपमा उनीहरुलाई आवश्यक निर्वाचन सामग्री सहीत पठाउने छौ ’ उनले भने । कांग्रेसमा बिलय भएका राप्रपा, गच्छदार समूह, फोरमबाट पार्टी प्रबेश गरको सांसद अभिषेक प्रताप शाहको समायोजन गरिएको क्रियाशील सदस्यता नआउदा असोज ५ गते हुन वडा अधित्रेशनमा केही बाधा आएको हो ।

२३ सय ३६ जनाको अझै क्रियाशील सदस्यताको समायोजन लिस्ट आउन बाँकी रहेको छ । समायोजन बाहेकका अहिलेसम्म जिल्लामा ५ हजार ३१० नयाँ क्रियाशील तथा ५ हजार ६८६ क्रियाशील समस्या नविकरणको नामावली आई सकेको छ । नगर, गाउँ, पालिका अधिबेशन असोज ९, प्रदेश क्षेत्रिय समितिको असोज १२, संघीय क्षेत्रीय समितिको असोज १५ र जिल्लाको निर्वाचन असोज १८ गतेका लागि तोकिएको छ । कपिलवस्तुमा ६ नगरपालिका, ४ गाउँपालिका, ६ वटा प्रदेश निर्वाचन क्षेत्र तथा ३ वटा संघीय निर्वाचन क्षेत्र छन । कांग्रेस सभापति आचार्य अनुसार निर्वाचनमा सहमतिको अधिकतम प्रयास गरिने बताए ।

अधिकांश वडामा सहमति कै आधारमा समिति गठन हुने कांग्रेस नेताहरु बताउँछन । जिल्ला सभापतिमा भने पूर्व सभापति राजेश आचार्य, सुधाकर पाण्डेय, अब्दुल कलाम खाँ, केशव कुमार श्रेष्ठ, लोकनाथ शर्मा, बिरेन्द्र मिश्रा, दुर्गा सेनको नाम चर्चामा छ । यद्यपि सभापतिमा लड्न महाधिवेशन प्रतिनिधि हुनु पर्ने भएकाले पनि अहिले नै अध्यक्षका उम्मेदवारले खुलेर आफनो नाम बाहिर ल्याएका छैनन ।

२३ सय ३६ जनाको अझै क्रियाशील सदस्यताको समायोजन लिस्ट आउन बाँकी रहेको छ । समायोजन बाहेकका अहिलेसम्म जिल्लामा ५ हजार ३१० नया क्रियाशील तथा ५ हजार ६८६ क्रियाशील समस्य नविकरणको नामावली आई सकेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८ सोमबार ००:००  ४ : ०७ बजे