७ असार २०८३, आइतबार | Sun Jun 21 2026

मेयर कुट्ने कार्यकर्तामाथि मुद्दा नचलाउन एमालेको आग्रह



रूपन्देही ।

ज्योतिनगर क्षेत्रको पहिरो अवलोकनमा गएका बुटवल मेयर शिवराज सुवेदीमाथि आक्रमण गर्ने व्यक्तिमाथि मुद्दा नचलाउन नेकपा एमाले आग्रह गरेको छ । सोमबार पहिरोको अवलोकन गर्न गएका मेयर सुवेदीमाथि भएको आक्रमणको आलोचना गर्दै एमाले नगर अध्यक्ष बाबुराम पन्थीले आक्रमण गर्ने व्यक्तिविरूद्ध मुद्दा चलाउन दबाब नदिने बताएका हुन् ।स्थानीय गणेश पंगेनीले मेयर सुवेदीलाई सोमबार मुक्का हानेपछि सबैतिरबाट घटनाको विरोध तथा दोषीलाई अनुसन्धानमा ल्याउन दबाब आएपछि सोमबार साँझ नै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
चुरेको पहिरो नियन्त्रण र व्यवस्थापनमा चासो देखाउन संघ र प्रदेश सरकारसँग माग गर्दै पन्थीले पहिरोग्रस्त क्षेत्रको जोखिम स्थानीय सरकारको पहुँचमा नभएकाले संघ र प्रदेश सरकारले चासो देखाउनुपर्ने बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७८ मंगलबार ००:००  २ : २० बजे