२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

ज्यानमारा बन्दै कावासोतीको केरुङ्गे खोला पुल



नवलपरासी ।
नवलपरासीको कावासोती नगरपालिका वडा नं १ र हुप्सेकोट गाउँपालिका शंखदेव जोड्ने केरुङ्गे खोलामा निर्माण गरिएको पुल मर्मत् नहुदाँ जोखिम बनेको छ । शंखदेवतर्फ पुलको एक भाग सबै नदीले कटान गर्दा पुलबाट आवतजावत गर्न निकै जोखिमपूर्ण बनेको हो ।

पुलमा ठूला सवारी वारपार गर्नै नमिल्ने भएको छ भने, साना दुई पाङ्ग्रे सवारी पनि निकै कठिनले वारपार गर्नुपर्ने अवस्था रहेको छ । पुलमा आवतजावत गर्दा कुनै दुर्घटना हुने हो कि रु भन्ने त्रासै त्रासमा यात्रा गर्नुपर्ने र कहिलेकाँही नयाँ ठाउँबाट आएका ठूलासाना सवारी सिधैँ आउने गर्दा, स्थानीय पुलमा कुरेर बस्नुपर्ने बाध्यता भएको स्थानीय सृष्टि चापागाईंले बताउनुभयो । रातिको समयमा सवारी साधन हिदँडा दुर्घटना हुने अवस्था बनेको उहाँलको भनाइ छ । पुलमा दुर्घटना हुन सक्छ भन्ने कुनै संकेत राख्नुपर्ने अवस्था देखिएको भएपनि उक्त सडकमा संकेत समेत नहुँदा नयाँ मानिसहरू पुलबाट यात्रा गर्दा जोखिम बनेको छ ।

कावासोती वडा नं १ का अध्यक्ष नारायण पन्तले निर्माण व्यवसायीसँग पुल मर्मतका लागि कुरा गरिरहेको भए पनि बजेट पास नहुँदा सम्म काम गर्न नसक्ने जनाएको बताउनुभयो । पुलको तत्कालै मर्मत् गर्नुपर्ने देखिए पनि आफूहरुबाट काम गर्न सक्ने अवस्था नरहेको र निर्माण व्यवसायीले गर्नुपर्ने भएकाले केही ढिलाई हुन पुगेको उहाँको भनाइ छ ।

पुलमा क्षति पुगेको दुई महिना बितिसक्दा पनि सम्बन्धित निकायले मर्मतमा चासो नदिएको भन्दै स्थानीयले आक्रोश समेत व्यक्त गरेका छन् । छिटोभन्दा छिटो पुलको मर्मत गर्न स्थानीयले माग गरेका छन् । गत असार महिनामा आएको अविरल वर्षाले पुलमा क्षति पुर्याएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७८ बुधबार ००:००  ६ : ०३ बजे