६ असार २०८३, शनिबार | Sun Jun 21 2026

तिनाउ नदिमा शब फेला



बुटवल ।

बुटवल देविनगर स्थित दिनहु नदीमा एक शव फेला परेको छ । अर्धनग्न अवस्थामा फेला परेको शब स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेका पत्रकार सोस्तिक श्रेष्ठले शव फेला परेको र प्रहरीलाई जानकारी गराइएको जानकारी दिए। नदीमा बगेर आयो जस्तो देखिने शबलाइ हेर्न स्थानीयको भिड लागेको छ। इलाका प्रहरी कार्यालय बुटवल डिएसपी मदन कुँवरले शव फेला पारेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुग्दै गरेको जानकारी दिए। शबको पहिचान र घटनाको विषयमा अनुसन्धान गरिने उनले जानकारी दिए।

प्रकाशित मिति : ८ आश्विन २०७८ शुक्रबार ००:००  ८ : २५ बजे