१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रिय सभा बैठक बस्दै, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुने



काठमाण्डौ ।

राष्ट्रिय सभा बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि छलफल हुनेछ ।यी विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेका छन् । राष्ट्रिय सभा बैठकमा आज यी दुवै विधेयक टेबुल गर्ने र त्यसपछि अर्को बैठकमा पारित गर्ने तयारी छ । दुवै विधेयक आउँदो सोमवार पारित गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ । विधेयक पारित भए पछि प्रतिनिधि सभा बैठकमा पठाइने छ र प्रतिनिधि सभाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने छ । यस अघि सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको विनियोजन विधेयक २०७८ लाई हिजोको राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नु भएको थियो । विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८ शुक्रबार ००:००  ९ : ०६ बजे