३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

पाल्पामा युवक मृत फेला



पाल्पा ।

गनासकाली गाउँपालिका–७ खानीगाउँस्थित झाक्रीस्थानका ३५ वर्षीय दीपक भट्टराई बिहीवार मृत्यु फेला परेका छन्। घरभन्दा ५०० मिटरमाथि गएराति साढे सात बजे उनी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। गोरेटो बाटो भन्दा डेढ मिटर तल रहेको बारीको कुनामा उनी मृत अवस्थामा भेटिएको उनले बताए। शव पोष्टमार्टमका लागि पाल्पा अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ८ आश्विन २०७८ शुक्रबार ००:००  १० : १३ बजे