१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेस महाधिवेशन सर्ये, मंसिरबाट माघ दोस्रो साता पुग्ने



काठमाडौँ ।
नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ। यसले तल्ला तहको अधिवेशन पनि प्रभावित हुँदा कांग्रेस महाधिवेशन माघ दोस्रोसाता पुग्ने भएको छ। शनिबार पालिका तहको अधिवेशन भएसँगै यसभन्दा माथिका अधिवेशनहरु दसैँपछि सार्ने सहमति भएको छ।

१३ जिल्लाको क्रियाशील सदस्यता मुद्दा टुंगिन बाँकी भएकोले उक्त स्थानमा महाधिवेशन कहिले हुने भनेर टुंगो लागेको छैन। कांग्रेसले महाधिवेशनकोअन्तर्गत तल्लो तहको अधिवेशन सार्ने गरी नयाँ तालिका सार्वजनिक गर्न लागेको हो।

त्यसबारे औपचारिक निर्णय गर्न संसदीय दलको कार्यालय सिंहदरबारमा अहिले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसिरहेको छ। उक्त बैठकले कांग्रेस महाधिवेशन माघ दोस्रो साता गर्ने गरी सबै कार्यतालिका हेरफेर गर्न लागिएको एक नेताले जानकारी दिए।

चौथोपटक भदौ २५ गते सार्वजनिक भएको अधिवेशन कार्यतालिकालाई पुनस् परिमार्जन गर्ने निर्णय भएको थियो। सार्वजनिक कार्यतालिकाअनुसार गाउँपालिका वा नगरपालिकाको अधिवेशन भदौ ९ गते गरेर प्रदेशसभा क्षेत्रीय अविधेशन १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १५ गते अधिवेशन गर्ने तय भएको थियो।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते अधिवेशन गर्नुेपर्ने, प्रदेश तहको अधिवेशन कात्तिक १०, ११ र १२ गते गर्ने भनिएको थियो। तर मंसिर ९–१३ गते हुने केन्द्रीय महाधिवेशनलाई यथावत राखेर अरु कार्यतालिका फेरिने भनिए पनि महाधिवेशन माघ दोस्रो सातासम्म पुग्ने भएको छ।

प्रकाशित मिति : ८ आश्विन २०७८ शुक्रबार ००:००  १ : ३४ बजे