३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

नेकपा (एस) निकट अनेरास्ववियू रुपन्देहीको अध्यक्षमा छवि भट्टराई



बुटवल ।
नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू रुपन्देहीको २३ औँ जिल्ला अधिवेशनले छवि भट्टराईको अध्यक्षतामा ६१ सदस्यीय कमिटी घोषणा गरेको छ।

जसको उपाध्यक्षमा नविन चापागाई, सचिवमा वामदेव भण्डारी, सह–सचिवमा गणेश पन्त, अस्मिता बस्याल, अरुण खनाल कोषाध्यक्ष विन्देश कुमार गुप्ता चयन भएका छन्।

कार्यक्रममा नेकपा (एस) लुम्विनी प्रदेश कमिटी सचिव राजु गुरुङ, संगठनका केन्द्रीय सचिव नारायण शर्मा, नेकपा (एस) जिल्ला कमिटी उपाध्यक्ष शिद्धिचरण भट्टराई, स्थायी कमिटी सदस्य प्रकाश कंडेल, युवा संघ केन्द्रिय उपमहासचिव सरिता श्रीस, अनेरास्ववियू केन्द्रिय सदस्यहरु उत्तम पोखरेल, उमेश अधिकारी, युवा संघ जिल्ला अध्यक्ष कृष्ण थापाको उपस्थिति थियो।

उक्त कार्यक्रम संगठनका केन्द्रिय कमिटी सचिवालय सदस्य एवम् २३ औँ सम्मेलन आयोजक कमिटीका अध्यक्ष शंकर घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७८ आइतबार ००:००  २ : ४७ बजे