७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

थप उपचार गर्न माओवादी नेता पुन बैंकक प्रस्थान



काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन्। आज बिहान नेता पुन त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

जण्डिसको वंशानुगत समस्या भएका पुन केही समयदेखि बिरामी छन्। यसअगाडि पुनले सुमेरु अस्पतालमा उपचार गराएका थिए। उनलाई बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी छ।

पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका थिए। चिकित्सकहरूकै सल्लाह अनुसार उनलाई थाइल्याण्ड लगिएको सचिवालयले जनाएको छ।

नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड गएकी छन् । पुनलाई चार वर्षअगाडि पनि यस्तै खालको स्वास्थ्य समस्या देखिएको थियो। त्यसबेला पनि पुनले बैंककमा उपचार गराएका थिए।

प्रकाशित मिति : १३ आश्विन २०७८ बुधबार ००:००  ७ : ३८ बजे