११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

सभा सम्मेलन रोक लगाउने प्रशासनको निर्णय राजनीतिक पूर्वाग्रह प्रेरितः एमाले



काठमाडौँ ।
एमालेले सभा सम्मेलन रोक लगाउने गरी जिल्ला प्रशासन काठमाडौंले जारी गरेको आदेश राजनीतिक पूर्वाग्रह प्रेरित भएको बताएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार ‘कोभिड–१९ को संक्रमण कायमै रहेको हुँदा भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्नेरनगराउने ’ आदेश जारी गरेको छ ।

शुक्रबार ललितपुरको गोदावारीमा हुन लागेको एमाले विधान महाधिवेशनलाई लक्षित गरेर आदेश जारी गरिएको एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले बताए । उनले भने, विधान महाधिवेशनबारे हामीले एक महिनाअघिदेखि नै सम्बन्धित निकायलाई जानकारी गराएका थियौं । बिहीबार जारी गरिएको आदेश राजनीतिक रुपमा प्रेरित छ । स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाएर विधान महाधिवेशन हुने उनले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७८ बिहिबार ००:००  ५ : १५ बजे