२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

आइपीएलः हैदराबादलाई हराउँदै चेन्नई प्ले अफमा



काठमाडौं ।
चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा प्ले अफमामा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै चेन्नई प्ले अफमा प्रवेश गरेको हो ।

शारझाँ क्रिकेट स्टेडियममा हैदरावादले दिएको १३५ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर १३९ रन बनायो । चेन्नईका लागि रुतुराज गाइक्वाडले सर्वाधिक ४५ रनको योगदान गरेका छन् । ३८ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै फाप डू प्लेसिसले ४१ रन बनाउँदा अम्बाती रायडुले १ रनको योगदान गरे ।

बलिङतर्फ हैदरावादका लागि जोसन होल्डरले सर्वाधिक ३ विकेट लिए । त्यस्तै रासिद खानले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धातिर २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

हैदराबादका लागि रिद्धिमान शाहले सर्वाधिक ४४ रनको योगदान गरे । त्यस्तै अविशेख शर्मा र अब्दुल समदले समान १८–१८ रनको योगदान गरे ।

बलिङतर्फ चेन्नईका लागि जोस हेजलहुडले सर्वाधिक ३ विकेट लिए । त्यस्तै डोइन ब्राभोले दुई विकेट लिए । चेन्नईका लागि शार्दुल ठाकुर र रविन्द्र जडेजाले एक–एक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै चेन्नई प्ले अफमा प्रवेश गर्ने यो सिजनको पहिलो टिम बनेको छ । चेन्नईले ११ खेलमा १८ अंक जोडेको छ । चेन्नई तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यता पराजित हैदरावादको भने अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बनेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८ शुक्रबार ००:००  ६ : २७ बजे