४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

पूर्वप्रधानन्यायाधीशविरुद्धको मुद्दामा मागदाबी नपुग्ने अदालतको फैसला



काठमाण्डौ ।

सर्वोच्च अदालतले चार पूर्वप्रधानन्यायाधीशविरुद्धको अदालतको अवहेलना मुद्दामा मागदाबी नपुग्ने फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले चार पूर्वप्रधानन्यायाधीशविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला गर्दै सफाइ दिएको हो ।

पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै संयुक्त वक्तव्य निकालेपछि अधिवक्ताहरू लोचन भट्टराई, धनजीत बस्नेतलगायतले गएको माघ १६ गते अदालतको अवहेलनासम्बन्धी रिट दर्ता गराएका थिए ।

प्रतिनिधि सभा विघटनको मुद्दा संवैधानिक इजलासमा विचाराधीन रहेका बेला चार पूर्वप्रधानन्यायाधीशले आफ्नो धारणा सार्वजनिक गरेर अदालतको अवहेलना गरेको रिट निवेदकको दाबी थियो । त्यही रिटमा मागदाबी नपुगेको भन्दै सर्वोच्च अदालतले मुद्धा खारेज गरिदिएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०७८ शुक्रबार ००:००  ५ : ०८ बजे