४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

आज देशभरको मौसम बदली‚ अधिकांश स्थानमा वर्षाको सम्भावना



काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।

शनिबार बिहान काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि सामान्य बदलीको रहेको छ। प्रदेश २‚ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का अधिकांश र अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन्। राति प्रदेश १ र प्रदेश २ का केही स्थानमा भीषण वर्षाको संभावना रहेको छ।

भारतको दक्षिण बिहार तथा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको हो। प्रदेश १ र प्रदेश २ बाहेक बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १६ आश्विन २०७८ शनिबार ००:००  ८ : ४५ बजे