५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

शान्ति समाज रुपन्देहीद्वारा बुटवलमा शान्तिपूर्ण प्रदर्शन



बुटवल ।

मानव अधिकार तथा शान्ति समाज ,रुपन्देहीले शान्तिपूर्ण प्रदर्शन गरेको छ । समाजले अन्तराष्ट्रिय अहिंसा दिवसको अवसरमा बुटवलको राजमार्ग चौराहामा शान्तिपूर्ण प्रदर्शन गरेको हो । यो दिवस विश्वमै अहिंसाका लागि उदाहरणको रुपमा मानिएका भारतका महात्मा गान्धीको जन्मदिनको अवसरमा अक्टोबर २ तारिखमा मनाउने गरिन्छ ।

सो अवसरमा समाजका केन्द्रीय सभापति गोविन्द खनालले शान्तिनै समाज,मुलुक र विश्वको विकास र समृद्धिको आधार भएको बताउँदै हिंसालाई निर्मूल गरी दिगो शान्तिका लागि सबैको ऐक्यवद्धता र प्रयास हुनुपर्ने बताए । समाजका रुपन्देही अध्यक्ष डिपी खनालले शान्ति स्थापनाका लागि विशेषगरी युवाहरुको भूमिका रहने बताउँदै सम्पूर्ण राजनीतिक दल र सरोकारवालालाई पनि हिंसारहित समाज र राष्ट्र निर्माणमा लाग्न आग्रह गरे ।

‘अंहिसा पवित्र एवम् गौरवमय मार्ग’ भन्ने नारका साथ शान्तिपूर्ण प्रदर्शन गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष डि।पी।खनालको अध्यक्षता,पदाधिकारीहरुको सहभागिता र सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७८ शनिबार ००:००  ११ : ५८ बजे