१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

प्रतिनिधि सभाको बैठक बस्दै



काठमाण्डौ ।

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६-७७ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नियमित रुपमा संसदमा नाराबाजी गर्दै आए पनि सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारबाही सञ्चालन गर्दै आउनुभएको छ । आज पनि सदनमा एमालेले विरोध गर्ने सम्भावना छ ।
आफूले कारबाही गरेका १४ सांसदको सूचना सभामुखले नटाँसेको भन्दै एमालेले नाराबाजी गर्दै आएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८ मंगलबार ००:००  १२ : १८ बजे