२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

अफगानिस्तानमा बम विस्फोट स् ५० को मृत्यु, सयभन्दा बढी घाइते



एजेन्सी ।
अफगानिस्तानको कुन्दुज शहरको एक मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको छ। शिया मुस्लिम अल्पसंख्यकको सईद अबाद मस्जिदमा विस्फोट भएको हो।

शव छरिएका छन्। उत्तरी शहरमा भएको विष्फोटमा १०० भन्दा बढी घाइते भएका छन्। शुक्रवारको नमाजको बेला मस्जिदमा प्रवेश गरेका एक आत्मघाती हमलाकारीले पूजा गर्नेहरूको बीचमा उनको शरीरमा बाँधिएको विस्फोटक पदार्थ विस्फोट गराएका थिए। मस्जिदमा ३०० भन्दा बढी मानिस रहेको बताइएको छ।अमेरिकी सेनाले छोडेपछि यो सबैभन्दा ठूलो आक्रमण हो।

इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ। सुन्नी मुस्लिम चरमपन्थीहरू प्राय शिया मुस्लिमहरूको निशानामा रहँदै आएका छन्। अफगानिस्तानमा इस्लामिक स्टेटको खोरासान गुट लगातार तालिबान शासनको विरोध गरिरहेको छ। उसले देशको पूर्वी क्षेत्रमा आक्रमण गर्दै आएको छ।

प्रकाशित मिति : २३ आश्विन २०७८ शनिबार ००:००  १२ : ५९ बजे