२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मन्त्री हमालको राजीनामा प्रधानमन्त्री देउवाद्वारा स्वीकृत



काठमाडौं ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री देउवाले हमालको राजीनामा स्वीकृत गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री नियुक्त भएको भन्दै विवादमा मुछिएपछि हमालले आज विहान प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरेको सचिवालयले जनाएको छ। ‘मन्त्री हमालको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गर्नुभएको छ।’ सचिवालयका एक सदस्यले भने, ‘अब रिक्त मन्त्रालयको सूचना राष्ट्रपति कार्यालयमा पठाउने तयारी छ।’ रिक्त रहेको मन्त्रालय प्रधानमन्त्री देउवा आफैले राख्ने ती सचिवालय सदस्यले जानकारी दिए।

आज विहान प्रधानमन्त्री देउवालाई पत्र बुझाउँदै हमालले चरित्र हत्या गर्न लागेकाले राजीनामा दिएको बताएका थिए। हमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल छन्। उनी २०२७ सालदेखि कांग्रेसको विभिन्न पदमा बसेर काम गरिसकेका छन्।

प्रकाशित मिति : २४ आश्विन २०७८ आइतबार ००:००  १२ : ०३ बजे