८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

ट्रकको ठक्करबाट पाल्पामा पैदल यात्रीको मृत्यु



पाल्पा ।
बगनासकाली गाउँपालिका –२ पोखराथोक नजिकै ट्रकको ठक्करबाट आइतबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँका ५९ वर्षीय श्यामबहादुर रोका रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।

स्याङ्जाबाट बुटवल तर्फ जाँदै गरेको ग २ ख ३३५ नम्बरको ट्रकले आज बिहान साढे सात बजे ठक्कर दिएको थियो। घाइते उनलाई उपचारको लागि मिसन अस्पताल तानसेन ल्याउदै गर्दा बाटोमै मृत्यु भएको पचभैयाले बताए।

मृतक रोका पैदल हिडिरहेका थिए। ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ आश्विन २०७८ आइतबार ००:००  १२ : २९ बजे