७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दशैँपछिको पहिलो दिन नेप्से बढ्यो, एक अर्ब ५० करोड रुपैयाँको कारोबार



काठमाण्डौ ।

दशैँपछि खुलेको पहिलो दिन शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १७ दशमलव ५९ अङ्कले बढेर दुई हजार ६ सय ५६ दशमलव ९६ विन्दुमा पुगेको छ । आज बैंकिङ समूहको शेयर ६ अङ्कले, विकास बैंकको साढे ६५ अङ्कले, व्यापारको ४२, होटलको एक सय पाँच, जलविद्युतको १६, फाइनान्सको १४ र माइक्रोफाइनान्स समूहको शेयर १७ अङ्कले बढेको छ । यस्तै जीवन बीमा समूहको शेयर एक सय १२ अङ्कले, निर्जीवन बीमा समूहको एक सय ११, उत्पादनको ३९ र अन्य समूहको शेयर ३४ अङ्कले बढेको छ । आज दुई सय १८ कम्पनीका ४७ लाख ६० हजार कित्ता शेयर एक अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्सको शेयर सात प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि कालिका माइक्रो क्रेडिट, बोटलर्स नेपाल र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैका दरले घटेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८ आइतबार ००:००  ३ : २० बजे