४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

मोहन वैद्य किरण अस्पताल भर्ना



काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि वैद्य आज थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्। दम बढेपछि उनलाई अस्पताल लगिएको हो। अस्पताल लगेपछि उनको छातिको एक्सरे गरिएको थियो। छातिमा सामान्य दागसमेत देखिएको छ। वैद्य लामो समयदेखि दमबाट पीडित छन्। उनको उपचार जारी रहेको र अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।

प्रकाशित मिति : ३१ आश्विन २०७८ आइतबार ००:००  ३ : ५२ बजे