४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

पानीमा डुवेको धान कसरी स्याहार्ने ? यस्ता छन् विज्ञका ५ क्याप्सुल



कपिलवस्तु ।

आईतबार र सोमबार एक्कासी परेको वर्षाका कारण कपिलवस्तु सहित देशका अधिकाशं स्थानका किसानको धानबालीमा असर परेको छ । धानबालीमा परेको असरले किसान निकै चिन्तित छन् ।

यस्तो बेला भीजिसकेको धानलाई कसरी स्याहार गर्ने भन्ने कुरा कतिपय किसानलाई थाहा नहुन पनि सक्छ । भीजेको धानलाई कसरी स्याहार गर्ने त ? कृषि विज्ञ हरिकृष्ण उप्रेती र कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डा रविन्द्रनाथ चौवे किसानहरुलाई यस्तो सुझाव दिनुहुन्छ ।

१ः धान धेरै नै पाकेर काट्नै पर्ने अवस्था भएमा, काट्दै झार्दै गरेर सुरक्षित ठाउँमा लगेर राख्ने
२ः धान काट्ने बित्तिकै पानी नपर्ने ओभानो ठाउँमा लगेर फिँजारेर राख्ने
३ः घाम लागेका बेला धानलाई राम्रोसंग सुकाउने
४ः ओभानु ठाउँमा लगेर राखेको धानलाई पनि बेला बेलामा चलाउने
५ः केही दिन धान नकाट्दा पनि फरक नपर्ने अवस्थामा भने धान नकाटिकनै खेतबारीमै छोड्ने

प्रकाशित मिति : २ कार्तिक २०७८ मंगलबार ००:००  ७ : ३४ बजे