१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

धानमा भएको क्षतिका आधारमा किसानलाई राहत दिन्छौँः मुख्यमन्त्री केसी



दाङ । लुम्बिनी प्रदेश सरकारले लगातार परेको पानीका कारण पीडित भएका धान उत्पादक किसानलाई राहत प्याकेज घोषणा गर्ने भएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दुई दिनदेखि परेको पानीका कारण धान भिजेर नष्ट भएको क्षतिको विवरण संकलनको काम जारी रहेको र त्यसपछि किसानलाई उचित राहत दिइने बताए।

‘क्षतिको विवरणहरु संकलन भैरहेको छ। क्षतीको आधारमा राहत प्याकेज घोषणा गर्छौं,’ उनले भने,‘बेमौसमी झरीले किसानलाई दुःख दियो।’

दाङको मौरीघाटमा पत्रकारहरुसँगको कुराकानीमा मुख्यमन्त्री केसीले पश्चिम नवलपरासीदेखि बर्दियासम्मका किसानले भित्र्याउन ठिक्क पारेको धान पानीले भिजेर नष्ट भएको सूचना प्रदेश सरकारले प्राप्त गरेको बताएका छन्। बाढी र डुबानबाट ग्रस्त क्षेत्रको आकार पहिचान गरेर सोहीअनुसार राहत दिइने जानकारी दिएका छन्।

दाङसहित लुम्बिनी प्रदेशका अधिकांश तराईका जिल्लामा लगातार परेको पानीका कारण भित्र्याउन ठिक्क पारेको धान खेतीमा क्षती गरेको छ। जसले गर्दा किसानको विचल्ली भएको छ।

प्रकाशित मिति : २ कार्तिक २०७८ मंगलबार ००:००  ५ : ४४ बजे