८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पूर्वराजा सहभागी हिमानी ट्रस्टको चियापानमा खेलाडीदेखि कलाकारसम्म




काठमाडौँ

हिमानी ट्रष्टले शुक्रबार काठमाडौँको सोल्टी होटलमा चियापान कार्यक्रम गरेको छ।ट्रष्टले आउँदै गरेको तिहार र छठको उपलक्ष्यमा कला, साहित्य तथा खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरु शुभकामना तथा चियापान कार्यक्रम गरेको हो।

कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाह तथा पूर्व युवराज्ञी हिमानी शाहको उपस्थिति थियो।यस्तै कार्यक्रममा कलाकारदेखि खेलाडीहरुको सहभागीता रहेको थियो। कलाकारहरु भुवन केसी, शिव श्रेष्ठ, करिष्मा मानन्धर, सन्तोष पन्त, जितु नेपाल, सरोज खनाल, दीपकराज गिरी, गायक स्वरुपराज आचार्य, सत्यराज आचार्य, सुगम पोखरेल, गायिका सुनिता दुलाल लगायत चियापान कार्यक्रममा पुगेका थिए।

यस्तै आयशा शाक्य, दीपक विष्ट, सन्तोषी श्रेष्ठ लगायतका खेलाडीहरु पनि चियापानमा सरिक हुने सोल्टी पुगेका थिए। कार्यक्रमस्थलमा पूर्वराजा लगायत राजपरिवारका सदस्यहरुसँग फोटो खिच्नेहरुको तछाडमछाड देखिन्थ्यो।

प्रकाशित मिति : ६ कार्तिक २०७८ शनिबार ००:००  ८ : २१ बजे