१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

सुर्खेतको कट्कुवा सामुदायिक वनमा बम विस्फोट, दुई जना घाइते



सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर–७ मा रहेको कट्कुवा सामुदायिक वनमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । कट्कुवा सामुदायिक वनमा बिहान भएको बम विस्फोटमा परेर घाँस काट्न गएका दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षकी लीला नेपाली र उहाँका भाइ १४ वर्षका नरेश नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइते दुवै जनाको देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।

बेवारिसे अवस्थामा रहेको बम विस्फोट भएको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ कार्तिक २०७८ शनिबार ००:००  ३ : ०२ बजे