५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

यी हुन् नेकपा (एस) लुम्बिनी प्रदेश कमिटीमा कपिलवस्तुबाट परेका नेता



मायादेवी अनलाइन, वाणगंगा ।

नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीमा कपिलवस्तुबाट ५ जना नेताले स्थान पाएका छन् । जिल्लामा लामो सय राजनीति गर्दै आएका नेताले कपिलवस्तुको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश कमिटीमा स्थान पाएका हुन् ।

प्रदेश कमिटीमा जिल्लाबाट अजिजुर रहमान शेख, जिवलाल पौडेल, एमडी हसन, मोहन रिजाल, विजुला खनाल लगायत रहनुभएको छ ।

तीन प्रतिनिधिसभा रहेको जिल्लामा सबै क्षेत्रबाट प्रतिनिधित्व हुने गरी प्रदेश कमिटीमा नेताहरु परेका हुन् । अझै केही नेताहरु प्रदेश कमिटीमा पर्न सक्ने सम्भावना रहेको नेकपा (एस) कपिलवस्तुका अध्यक्ष लंका बहादुर हमालले जानकारी दिनुभयो ।

यस भन्दा अगाडी केन्द्रीय कमिटीमा जिल्लाबाट क्षेत्र बहादुर खत्री, मीना परियार पर्नुभएको छ भने केन्द्रीय निर्वाचन आयोगको सदस्यमा अब्दुल अहमद रउफ परिसक्नुभएको छ ।

जिल्लामा नेकपा (एस) आक्रमक ढंगले पार्टी विस्तारमा जुटिसकेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८ शुक्रबार ००:००  ८ : ३२ बजे