५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तु विजयनगरका बालक ६ दिन देखि बेपत्ता, खोजी गरिदिन परिवारको अपिल



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुका एक बालक ६ दिन देखि हराएका छन् । जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ४ बस्ने भरत कुँवरको छोरा वर्ष १५ को हरि कुँवर यही कार्तिक ७ गते साँझ ६ बजे देखि घर नआएको पारिवारिक श्रोतले जनाएको छ ।

गहुँ गोरो वर्णको, टि-शर्ट कालो पाइन्ट, चप्पल लगाएको अन्दाजी साढे ४ फिट उचाई भएका हरिलाई कहि कतै भेटेमा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ । बालकलाई भेटेमा नजिकको प्रहरी कार्यालय वा ९८०७५९२३९१ मा सम्पर्क गर्नपनि बुवा भरत कुँवरले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८ शुक्रबार ००:००  १२ : ५८ बजे