५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

माछा मार्ने क्रममा करेन्ट लाग्दा वाणगंगामा एकजनाको मृत्यु




मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको वाणगंगा नगरपालिका ४ हरिहरपुर बस्ने ३३ वर्षिय हिरु मल्लको करेन्ट लगाएर माछा मार्नेक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले पुष्टि गर्नुभयो ।
गुरुङका अनुसार मल्लले पानीमा करेन्ट लगाएर माछा मार्न लागेका थिए सोहीक्रममा उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर घाइते भएका मल्ललाई उपचारको लागि ४ नम्बरको सि एण्ड सी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरिक्षक गुरुङले मायादेवी अनलाइनलाई बताउनुभयो । मल्लको शब पोष्ट मार्टमको लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८ शुक्रबार ००:००  १ : ३९ बजे