५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

९२ ग्राम ब्राउन सुगर सहित वाणगंगाका एक युवा पक्राउ




मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा ९२ ग्राम ब्राउन सुगर (खैरो हिरोइन) सहित एक युवा पक्राउ परेका छन् । बिहिबार जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ४ चाकरचौडाबाट वाणगंगा नगरपालिका ८ धनेशपुर बस्ने २७ वर्षिय विजय खत्री पक्राउ परेका हुन् । दिउँसो करिव ३ः४५ बजे भारतबाट ठूलो परिमाणमा लागु औषध लिइ नेपाल आइरहेको भन्ने गोप्य सुचनाको आधारमा सिमा प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरी टोलीले चेकजाचँको क्रममा उनलाई पक्राउ गरेको हो । खत्रीलाई खान तलासी गर्दा उनले लगाएको भित्री वस्त्रभित्र कालो प्लास्टिकको पोकामा ९२ ग्राम ४ मिलिग्राम लागु औषध ब्राउन सुगर (खैरो हिरोइन) बरामद गरिएको थियो । खत्रीलाई पक्राउ गरि लागु औषध मुद्धामा म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तु प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८ शुक्रबार ००:००  २ : ०६ बजे