५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तुका यी ठाउँमा भोलि दिनभर विद्युत अवरुद्ध हुने



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुका विभिन्न ठाउँमा भोलि दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । बुस कटिङ तथा जम्पर मर्मत सम्भार गर्नुपर्ने भएकाले भोलि (शनिबार) बिहान ७ बजेबाट बेलुका ५ बजे सम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशानालय तौलिहवाले जनाएको छ । भोलि चन्द्रौटा सवस्टेशनबाट सप्लाई भएको तौलिहवा वितरण केन्द्र अन्तरगत ३३ केभी लाइनमा बुस कटिङ तथा जम्पर मर्मत सम्भार गरिदै छ । जसकारण नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र अन्तरगतका तौलिहवा सव स्टेशन, जीतपुर सव स्टेशन, लवनी सव स्टेशन र घनचौरा सव स्टेशनबाट सप्लाई भएका सम्पूर्ण विद्युत लाईन अवरुद्ध हुने छन् । साथै निर्धारित समयभन्दा पहिला काम सम्पन्न भएमा सो समय अगाडीनै विद्युत सप्लाईहुने पनि जनाइएको छ ।

No description available.

प्रकाशित मिति : १२ कार्तिक २०७८ शुक्रबार ००:००  ३ : ०० बजे