२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

चम्ल्याहा शिशुको उपचारमा आर्थिक सहयोग



लुम्बिनी ।

रुपन्देहीको भैरहवा मेडिकल कलेजमा जन्मिएका चम्ल्याहा शिशुको उपचारका लागि लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले ४० हजार रुपैयाँ सहयोग गरेको छ ।

चम्ल्याहा शिशु जन्म दिने सीता सार्कीको परिवारको कमजोर आर्थिक अवस्थाबारे बिहीबार कान्तिपुर दैनिकमा प्रकाशित ‘२४ वर्षीयाले जन्माइन् चम्ल्याहा’ शीर्षकको समाचारबाट जानकारी पाएपछि क्लबले सहयोग गरेको अध्यक्ष गोविन्दप्रसाद गिरीले बताए ।
पाल्पाको माथागढी–१ चिदीपानीकी २४ वर्षीया सीताले शल्यक्रियापश्चात् मंगलबार चार छोरीलाई जन्म दिएकी थिइन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८ शुक्रबार ००:००  ५ : ३७ बजे