२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

नौ दिनदेखि रिडी-रुद्रबेनी सडक अवरुद्ध



गुल्मी ।
पहिरोका कारण नौ दिनदेखि बन्द रिडी-रुद्रबेनी सडकखण्ड अझै सञ्चालनमा आएको छैन। कात्तिक ३ गते रिडी रुद्रबेनी सडकखण्डको साँघुरेमा सडकमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

गौडाकोट राम्दी मालढुंगा सडक आयोजना कार्यालय पाल्पाले डोजर प्रयोग गरी सडक खुलाउने प्रयास गरेको थियो। तर ठूलठूला ढुंगा भएकाले सडक खुलाउन नसकिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

डोजरको प्रयोग गरी सडक खुलाउन नसकिएकाले बुधबार जिल्ला सुरक्षा समितिको बैठकले नेपाली सेनालाई बिस्फोट गर्न दिने निर्णय गरेको पौडेलले बताए। शुक्रबारदेखि सेनाले काम सुरु गर्ने पौडेलले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि शान्तिपुर, चोरकाटे, बुर्तिबाङबाट बुटवलका लागि छुट्ने सवारी साधन कालीगण्डकी करिडोर हर्मिचौर, मिर्मी हुँदै बुटवल जाने गरेका छन्। ।

प्रकाशित मिति : १३ कार्तिक २०७८ शनिबार ००:००  ६ : ०६ बजे