२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कपिलवस्तुको कैलाश आश्रम गुरुकुलममा ‘महाआरती’ हुँदै



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको पवित्र धार्मिक स्थल कैलाश आश्रम गुरुकुलममा महाआरती हुने भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरस्थित गुरुकुलमको संरक्षण र संवद्धनको लागि भन्दै आगामी मंसिर १४ गतेदेखि २२ गतेसम्म हुने महायज्ञको अवसरमा महाहारती हुन लागेको हो ।

यस क्षेत्रमै पहिलोपटक गर्न लागिएको महाआरती सन्ध्यामा २ घण्टासम्म हुने गुरुकुलमका पथप्रदर्शक १००८ स्वामी लोकानन्द महाराजजिले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाण्डौँको पशुपतिनाथमा देखिने गरेको महाआरतीको दृश्य ९ दिनसम्म नन्दनगरमा देख्न पाइने छ । यसको लागि भारतबाट पण्डितहरु आउने उहाँले बताउनु भयो । मुलुकका विरलै स्थानमा देख्न पाइने महाहारतीमा सहभागि भएर पुण्य लाभ लिन पनि कैलाश आश्रमले आग्रह गरेको छ ।

महाआरति भगवान् शिवजीको स्तुतितार्थ गरिने आरती हो ।गुरुकुलममा अहिले माध्यमित तह (कक्षा १२ सम्म ) सम्म संस्कृति शिक्षा पठनपाठनको सुरुवात भएको छ । यस वर्षदेखि नै नगरपालिकाले कक्षा ११ को पनि पठनपाठन गर्न अनुमति दिएको हो । त्यहाँ अहिले १ सय बढी बटुक पूर्ण आवाससहित अध्धययन गरिरहेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८ आइतबार ००:००  ६ : ४७ बजे