१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

आज रमा एकादशी व्रत : थाहा पाउनुहोस् आजको पञ्चाङ्ग



काठमाडौं ।
आज १५ कात्तिक सोमबार, तदनुसार नोभेम्बर महिनाको १ तारिख । कात्तिक कृष्णपक्ष, रमा एकादशी व्रत । विशेषगरी एकादशीको दिन चामलबाट बनेको परिकार नखाने र एकादशी व्रत लिने चलन छ ।

नेपाली समाजमा चार्तभास साउनदेखि कात्तिक महिनाको बीचमा पर्ने एकादशीको व्रत लिने प्रचलन बढी छ । सोमबारे एकादशी परेकाले आजको दिन सनातनीहरूका लागि अर्को विशेष दिन हो । आजको सूर्योदय बिहान ६ः१५ र सूर्यास्त साँझ १७ः१८ मा हुनेछ । आजको चन्द्रमा सिंह राशिमा रहेको छ । आजको देवता भनेको पितृ हो भने ग्रहदेव राहु रहेको छ ।

सोमबार शिवको प्रिय बार भएकाले शिव मन्दिरमा दर्शन गर्ने जाने प्रचलन पनि बढी छ । आजको नक्षत्र पूर्वाफाल्गुनी रहेको छ । आज बिहान ११ः२६ देखि १२ः१० सम्मको समय अभिजित मुहूर्त भएकाले त्यतिबेलाको समयलाई शुभ मानिन्छ । बिहान ०७ः३८ देखि ०९ः२ सम्मको समयमा राहुकाल रहेको छ । राहुकाल भएको समयमा शुभकर्म गर्दा नकारात्मक प्रभाव पर्छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८ सोमबार ००:००  ७ : १५ बजे