१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

सोमवारको मौसमः प्रदेश १, गण्डकी र वाग्मती प्रदेशमा सामान्य वर्षाको सम्भावना



काठमाडौं ।
सोमबार पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै, पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

सोमवार राती पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा सामान्यतया सफा रहने महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

महाशाखाका अनुसार प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८ सोमबार ००:००  ७ : १९ बजे