६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

कर्णाली मुख्यमन्त्री शाहीले दिए राजीनामा, अब कांग्रेसको नेतृत्व



काठमाण्डौँ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा घोषणा गरेका छन्।प्रदेशबासीको नाममा सोमबार बेलुकी सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले राजीनामा घोषणा गरेका हुन्।

वैशाख २ गते नेपाली कांग्रेस र हाल सरकार सञ्चालन गरिरहेको माओवादी केन्द्रबीच कर्णाली प्रदेशमा सरकार आलोपालो सञ्चालन गर्ने सहमति भएको थियो। कात्तिक १५ गतेसम्म माओवादीले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले नेतृत्व लिने सहमति दुई पक्षबीच भएको थियो।

यही सहमतिअनुसार मा‌ओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले कांग्रेसका लागि मार्गप्रसस्त गरेका हुन्।

शाहीको राजीनामा घोषणासँगै कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन्।

प्रकाशित मिति : १६ कार्तिक २०७८ मंगलबार ००:००  ६ : २६ बजे