मायादेवी अनलाइन, वाणगंगा ।
समाजमा अझै पनि छुवाछुत प्रथा कायमै रहेको भन्दै यसको अन्त्यको लागि कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा सहभोज कार्यक्रम आयोजना भएको छ । सार्वजनिक स्थल वा अन्य ठाँउमा व्यक्ति व्यक्ति बीचको छुवाछुत र भेदभावले समग्र विकासमा हानी पु¥याएको भन्दै यस्ता गलत मान्यता हटाउन सवै समुदाय अग्रसर हुनुपर्ने सहभोज कार्यक्रममा सहभागीले बताएका छन् ।
सिद्धार्थ सामाजिक विकास केन्द्र र आइ एम स्वीडिस डेभलेपमेण्ट पार्टनरको साझेदारी तथा शुद्धोधन गाउँपालिकाको समन्वयमा लवनी सामुदायिक अध्ययन केन्द्रमा आज आयोजित सहभोज कार्यक्रमका सहभागीहरुले यस्तो कुरा बताएका हुन् ।
सवैभन्दा पहिला हामी मानव हो, मानव मानव बीच किन भेदभाव् यो अन्त्य हुनुपर्दछ, गाउँपालिका अध्यक्ष निसार अहमद खाँले भन्नुभयो । समाजमा विद्यमान छुवाछुत हटाउनको लागि सवै समुदाय बराबर र समान हुन् भन्ने भावनाको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, कुनैपनि धर्मले कुनैपनि व्यक्ति समुदायलाई अपमान गर्दैन र सवैको सम्मान गरेको हुन्छ । ‘हामीले मानवताको व्यवहार गर्नुपर्दछ, मानव ठुलो र सानो कहिल्यै हुदैन’ अध्यक्ष खाँले भन्नुभयो । ’
संस्थाका पूर्व अध्यक्ष पोमनारायण पौडेलले अझै पनि समाजमा विभिन्न वहानामा मानव मानव बीच हुने भेदभाव र छुवाछुत कायम हुनु विकासको लागि ठुलो बाधक भएको बताउनुभयो । उहाँले नेपाल जस्तो थोरै जनसंख्या भएको देशमा छुवाछुत, भेदभाव, बालविवाह जस्ता समस्या हुनुले विकास हुन नसकेको बताउनुभयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष तिलोचन घिमिरे, सदस्य रोमकान्त घिमिरे, गोविन्द खनाल लगाएतले २१ औं शताब्दीमा पनि मानव मानव बीचको भेदभाव र छुवाछुत जस्ता गलत मान्यताले समुदाय पछि परेको बताउनुभयो । संस्थाले शुद्धोधन गाउँपालिकाको शिक्षा, स्वास्थ्य, गरिब विपन्न समुदायको आयआर्जन, रोजगारी, क्षमता विकास जस्ता कार्यमा महत्वपूर्ण सहयोग पु¥याएको प्रति गाउँपालिका अध्यक्ष खाँले धन्यवाद व्यक्त गर्नुभएको छ ।
सहभोज कार्यक्रमको अध्यक्षता वडा नम्बर २ का वडा अध्यक्ष मनोज यादवको अध्यक्षता तथा रामज्ञा बरुणको संचालनमा सम्पन्न भएको थियो । सामाजिक रुपान्तरण र समुदायको हक अधिकार र पैरवीका लागि संस्थाले गाउँपालिकासंग सहकार्य गर्दै आइरहेको बताउदै गाउँपालिकालाई सन् २०२३ सम्ममा छुवाछुत अन्त्य गर्ने लक्ष्य लिइएको छ ।








प्रतिक्रिया