७ असार २०८३, आइतबार | Sun Jun 21 2026

गृहमन्त्री खाणसँग लुम्बिनी प्रदेशका मन्त्री र नेताहरुको भेट



काठमाडौँ ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्का, लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडिया, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्री, आयोगका सदस्य दामोदर भुसाल, सांसद रेखा शर्मासहितको टोलीले मंगलबार गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरेको छ ।

भेटमा टोलीले प्रदेशको बजेट र प्रदेश प्रहरी ऐन, संघीय निजामती सेवा ऐनअनुरुप काम कारबाही नभएको सन्दर्भमा गृहमन्त्री खाणलाई जानकारी गराएको नेता कनौडियाले जानकारी दिए।

टोलीको माग सुनेपछि गृहमन्त्री खाणले आफूले टोलीले उठाएका समस्या समाधानका लागि सक्दो पहल गर्ने बताउनु भयो । ‘यहाँहरूले उठाएका समस्या समाधानमा सक्दो पहल हुन्छ,’ गृहमन्त्री खाणले भने, ‘प्रदेश र संघ मिलेरै काम गर्ने हो ।’ उनले टोलीले उठाएका विषयमा सरकार गम्भीर रहेको पनि बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७८ बुधबार ००:००  ९ : ४१ बजे