३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

विराटनगरका मेयर पराजुली १८ औं पटक दण्डप्रणाम गर्दै घाटको यात्रा



विराटनगर ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले १८ औं पटक दण्डप्रणाम गर्दै छठको पूजाका लागि सिङ्घीया घाटतर्फ लागेका छन्।
निराहार व्रत बसेका पराजुली विराटनगर–३ ठूलोमिल चोकस्थित शिव पाञ्चायन मन्दिरबाट बुधबार बिहान साढे ११ दण्ड प्रणाम गर्दै करिब ३ किमी दुरी पार गरेर सिङ्घीया घाटसम्म पुग्नेछन्। उनीसँगै भतिज प्रमिश पराजुलीले पनि दण्डप्रणाम गर्दै यात्रा सुरु गरेका छन् ।

मेयरमा निर्वाचित भएपछि पराजुलीको चौथो छठ व्रत हो। नगरबासीको सुख, शान्ति समृद्धिको कामना गर्दै उनले यसअघि छठको कष्टपूर्ण व्रत बसेको बताएका छन्। दण्डप्रणाम यात्रापछि उनले आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर घाटमा रातभर जाग्राम बसी भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्नेछन्।

प्रकाशित मिति : २४ कार्तिक २०७८ बुधबार ००:००  १ : ०४ बजे